१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ४ बुधबार ०८:४२:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णाली सामूहिक आत्महत्या घटना : बेपत्ता बालिकाको शव १० दिनपछि भेटियो

Read Time : < 1 मिनेट
२०७७ चैत ४ बुधबार ०८:४२:००

दैलेखको आठबिस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचजनाले कर्णाली नदीमा सामूहिक आत्महत्या गरेकामध्ये बेपत्ता भएकी पाँच वर्षीया बालिका रजनी बडुवालको शव १० दिनपछि फेला परेको छ । 

दिउँसो करिब ११ बजे अछाम जिल्लाको तुर्माखाध– ३ असरा स्थित कर्णाली नदीछेउमा बालिकाको शव भेटिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । शव भेटिएलगत्तै अछाम र दैलेखको प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले शव पहिचान गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । 

गत २३ फागुनमा आठबिस नगरपालिका– ३ निलाइमकी सुकी बडुवालले आफ्ना नाबालक चारजना छोराछोरीसहित कर्णाली नदीमा सामूहिक आत्महत्या गरेकी थिइन् । सुकीले नाबालक आठ वर्षीय छोरा ललित, १५ वर्षीया छोरी कल्पना र १२ वर्षीया सरितालाई लिएर नदीमा हामफालेकी थिइन् ।

घटनापछि श्रीमान्ले चरम यातना दिएर आत्महत्याका लागि बाध्य बनाएको भन्दै देशैभर आवाज उठेको थियो । तर, अनुसन्धानका क्रममा श्रीमान्बाट पीडा दिइएको नपाएको प्रहरीले जनाएको छ । ‘पैसाको सामान्य विवाद थियो, त्यो विवादले यति ठूलो घटना नहुनुपर्ने हो,’ दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्न सजिलो हुनेछ ।’