मधेस आउँदा माइत आए जस्तो लाग्छ : प्रचण्ड

२०७५ माघ २८ सोमबार १४:२७:०० | लहान

फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसवादी दलको मागअनुसार संविधान संशोधन गर्न पार्टी र सरकार सकारात्मक रहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका, १ मा नवनिर्मित स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा सोमबार उनले प्रधानमन्त्रीसँग भएको सहमती र मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न तयार भएको बताएका हुन् ।

उनले संविधानमा रहेकाे मौलिक हक शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका  व्यवस्थालाई कानुन बनाएर संवोधन गर्ने उल्लेख गरे । उनले कानुन बनेपछि गरिबीकै कारण शिक्षा र स्वास्थ्यबाट कसैले बञ्चित हुनु नपर्ने बताए ।

जन्मसिद्ध नागरिकता पाएका नागरिकको सन्तानले भने नागरिकता नपाएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले संसदबाट नागरिकता विधेयक बनेपछि सधैंका लागि यो समस्या अन्त्य हुने स्पष्ट पारे । उनले मधेससँग आफ्नो गाढा सम्बन्ध रहेको बताउँदै मधेसको विकासका लागि सरकार र पार्टी दुवै क्रियाशिल रहेको प्रष्ट्याए ।
 
मधेसबाट चुनाव लडेको उल्लेख गर्दै प्रतण्डले जनयुद्ध र पन्चायविरुद्धको आन्दोलनमा मधेसमा धेरै समय बिताएको सुनाए । उनले मधेस आउँदा माइत आए जस्तो लाग्ने गरेको बताए ।

हेलिकोप्टरमा आएका प्रचण्डले अपरान्ह प्रथम मिर्चैया महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका प्रदेश २ सहइन्चार्ज विश्वनाथ साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस