• ePaper
  • वि.सं २०७५ फाल्गुण ६ सोमबार
  • Monday, 18 February, 2019
  • Archive

डिपिएल : आयोजकविरुद्ध काठमाडौंको रोमाञ्चक जित

२०७५ माघ २८ सोमबार १२:३६:०० | काठमाडाैं

धनगढी प्रिमियर लिगको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सले जित दर्ता गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा आयोजक धनगढी स्टार्सले दिएको १३३ रनको चुनौती काठमाडौंले खेल सकिन एक बल बाँकी छँदा पूरा गर्यो। 

टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रन जोडेको थियो ।  जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ६ विकेट गुमाएर अन्तिम ओभरको पाँचौ बलमा पूरा गर्यो ।

दुई बल बाँकी छँदा काठमाडौंलाई जितका लागि ४ रन आवश्यक थियो तर ओभरको पाँचौं बलमा चौका प्रहार गर्दै मेहबुब आलामले जित दर्ता गराए । मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरे पनि शुरुवाती ब्याट्सम्यानको बलियो साझेदारीले काठमाडौंको जितको आधार तयार गर्यो ।

काठमाडौंका ओपनिङ ब्याट्सम्यानद्वय गौरव तोमरले २८ र अनिल शाहले २४ रन जोडे । तेस्रो नम्बरमा मैदानमा आएका अंकित दबासले सर्वाधिक २९ रनको योगदान गरे । धनगढीका लागि रोहन मुस्तफाले ४ र विपिन खत्री र आमिर हायातले एकएक विकेट लिए । 

पहिले ब्याटिङ गरेको धनगढीका लागि अमित श्रेष्ठले ५० रन, सन्दीप रजलीले २८ र सौरभ खनालले अविजित २५ रन जोडे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । काठमाडौंका नन्दन यादवले २ तथा ललित राजवंशी र अंकित दबासले १-१ विकेट लिए ।

प्रतिकृया दिनुहोस