स्वास्थ्य चौकीको भवनमा गाउँपालिका कार्यालय

२०७५ माघ २८ सोमबार १०:५७:०० | हुम्ला

स्वास्थ्य चौकीका लागि निर्माण गरिएको नयाँ भवनमा सर्केगाड गाउँपालिकाले कार्यालय सञ्चालन गरेको छ । जसले गर्दा बिरामी र स्वास्थ्यकर्मीले भने सास्ती खेप्नु परिरहेको छ । 
साना र पुरानो भवनमा स्वास्थ्योपचार गर्न समस्या भएपछि तत्कालीन जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माण गरिएको थियो ।

तर, स्वास्थ्य चौकी नयाँ भवनमा सर्न नपाउँदै गाउँपालिकाले आफ्नो कार्यालय सञ्चालन गरेको हो । सर्केगाडमा अन्य उपयुक्त भवन नमिलेपछि स्वास्थ्य चौकीको भवनमा कार्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए । ‘हामीले भाडामा भवन लिन खोज्यौँ, तर उपयुक्त भवन नपाउँदा केही समयका लागि चौकीको नयाँ भवनमा कार्यालय सञ्चालन गरेका हो,’ अध्यक्ष रोकायाले भने ।

उनले स्वास्थ्य चौकीसँग सम्झौता गरेर भवन लिएको दाबी गरे । यो भवन जिल्ला अस्पतालकै मातहतमा छ । जिल्ला अस्पतालले भने कुनै सहमति नगरिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस