Skip This
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु, हरिबोल र रघुवीर महासेठ पनि सहभागी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष ७ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष ७ मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु, हरिबोल र रघुवीर महासेठ पनि सहभागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष ७ मंगलबार १४:oo:oo

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कार्की बेंक्वेट बबरमहलमा सुरु भएको छ ।

बैठकमा अर्का अध्यक्ष केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र तटस्थ रहँदै आएका हरिबोल गजुरेल पनि सहभागी भएका छन् ।

बैठकमा नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको केन्द्रीय सदस्य गणेश पहाडीले जानकारी दिए । बैठकबाट अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव छ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् । बालुवाटारमा ओली पक्षको बैठक सकिएलगत्तै अर्को पक्षको बैठक सुरु भएको हो।