मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ७ मंगलबार ०५:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलआइसी नेपालको ‘न्यू जीवन तरंग’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ७ मंगलबार ०५:४६:००

एलआइसी नेपालले ‘न्यू जीवन तरंग’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । कम्पनीले ‘जीवनभरका लागि पेन्सन र रक्षावरण’ भन्ने सन्देशका साथ नयाँ योजना ल्याएको हो । 

योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले गरेको कम्पनीले जनाएको छ । योजनाअनुसार १५ देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरूले यो जीवन बिमा योजना लिन सक्ने जनाइएको छ । यसमा न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ तथा अधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिने कम्पनीले जनाएको छ । यस योजनामा बिमा अवधि १० वर्ष, १५ वर्ष र २० वर्ष रहेको छ । 

यस बिमा योजनाले बिमितको उमेर १ सय वर्ष रहँदासम्म बिमा रक्षावरण गर्ने तथा अधिकतम ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभसमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ । बिमाशुल्क भुक्तानी अवधिमा बिमितको निधन भएमा बिमांक रकम र सो अवधिसम्मको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई प्रदान गरिने जनाइएको छ ।

बिमाशुल्क भुक्तानी अवधिसम्म बिमित जीवित रहेमा आर्जित बोनस प्रदान गर्नुका साथै त्यसपछिको प्रत्येक बिमा वर्ष दिवसमा बिमांकको ५.५ प्रतिशत रकम सुनिश्चित लाभ बिमित ९९ वर्ष हुँदासम्म प्रदान गरिने कम्पनीले जनाएको छ । पेन्सन लिइरहेको अवस्थामा बिमितको निधन भएमा इच्छाएको व्यक्तिलाई वा बिमित १ सय वर्षसम्म जीवित रहेमा निजलाई नै बिमांकबराबरको रकम प्रदान गरिने जनाइएको छ ।

पेन्सन लिइरहेको अवस्थामा जहिले पनि बिमा समर्पण गर्न सकिने कम्पनीले जनाएको छ । बिमा समर्पण गर्दा पेन्सनबापत लिएको रकम कटौती नगरी बिमांकको ९५ प्रतिशत समर्पण मूल्य रकम बिमितले प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।