मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार

स्याङ्जाका आले बने बेलायती सेनामा कर्णेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २० आइतबार १६:३९:००

नेपालका देवेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा बढुवा भएका छन् । स्याङजा स्थायी घर भएका उनी गत बिहीबार कर्णेल पदमा बढुवा भएका हुन् । आले करिब ३० वर्षेदेखि बेलायती सेनामा कार्यरत छन् । सो पदमा पुग्ने उनी पाँचौ नेपाली हुन् ।    

स्याङ्जा बहाकोट भञ्ज्याङका आलेका चार पुस्ता सैनिक छन् । उनका पिता मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिकमा क्याप्टेन भएका थिए । उनका हजुरबुबा प्रजातन्त्र सेनानी हुन् ।सिंगापुरमा जन्मिएका उनको पढाई भने हङकङ र नेपालमा भयो । हङकङको स्कुल पढेका उनले अमृत साइन्स कलेज काठमाडौँमा आइएसी गरे । त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा क्लर्क पदबाट भर्ना भएका थिए । 

यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेलसम्म भएका थिए । सो पदमा पाँचौ नेपाली बनेका आलेले करिब तीन वर्षपछि अवकाश पाउनेछन् । उच्च पदमा पुग्न पाएकोमा आफूलाई गर्व लागेको उनले बताएका छन् ।