१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

गणेशमान सिंहको स्मृति दिवसमा रक्तदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:२o:oo

कांग्रेसका संस्थापक नेता एवं ०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंहको २३औँ  स्मृति दिवसको अवसरमा काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कांग्रेस टोखा नगरपालिका– १० ले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । 

नेपाल तरुण दल काठमाडौं जिल्ला सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दीपक थापाकाे संयोजनमा भएको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा कांग्रेस जिल्ला सभापति कृष्णसबुज बानियाँ, बागमती प्रदेश सांसद जीवन डंगोल, टोखा नगरपालिका– १० का एकाइ सभापति तेजप्रसाद सेढाईं, कांग्रेस ताकेश्वर नगरपालिका सभापति श्रीकृष्ण थापा, नेपाल रेडक्रस काठमाडौं जिल्ला उपसभापति कमल नकर्मीलगायतको सहभागिता रहेको थियो । 
 

ad
ad