१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रसुवागढी नाकास्थित मितेरी पुलमा बुधबार भएको सिमा सुरक्षासम्बन्धी बैठकमा सहभागी नेपाल र चीनका अधिकारीहरू
२o८१ बैशाख ३० आइतबार १९:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली कामदारमा कोरोना देखिएपछि रसुवागढी नाका एक सातादेखि बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:५८:oo

रसुवागढी नाकामा सामान लोड काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चीनको तर्फबाट नाका बन्द भएको छ । रसुवागढी नाकामा लोड–अनलोड गर्ने नेपाली कामदारमा कोरोना संक्रमण देखिएपछि चीनले एक सातादेखि आयात रोकेको हो । 

रसुवा भन्सार कार्यालयका भन्सार प्रमुख पुण्यविक्रम खड्काका अनुसार सामान लोड–अनलोड गर्ने एकजना नेपालीमा कोरोना देखियो भनेपछि चिनियाँ पक्षले सिरियस्ली लिएको छ । उताबाट एक सातादेखि आयात रोकेको उनले बताए । यस्तै बुधबार रसुवागढी नाकास्थित मितेरी पुलमा दुई देशका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ । स्वास्थ्य तथा सुरक्षाबारे छलफल भएको खड्काले बताए । छलफलमा चिनियाँ पक्षलाई पुगेको गलत सूचनाबारे यथार्थ जानकारीसमेत गराएको उनको भनाइ छ । नाका कहिलेदेखि सञ्चालन गर्ने भन्ने नेपाली पक्षको प्रश्नमा ल्हासा अटोनोमस रिजनबाट आदेश आएपछि मात्र नाका खोल्ने चिनियाँ पक्षले जानकारी दिएको खड्काको भनाइ छ । ‘सुरुमा छिट्टै खोल्छौँ भनेका थिए, अहिले माथिबाट आदेश आएपछि मात्र खोल्ने भनेर भनेका छन्,’ उनले भने । 

छिट्टै नाका सञ्चालनमा आउने र दुई सिफ्टमा सामान ल्याइदिने जानकारीसमेत गराएको उनले बताए । ‘पहिला नेपालतर्फ नै सामान झारिदिन्छौँ भनेका थिए, तर अहिले माथिल्लो निकायबाट जे निर्देशन हुन्छ त्यो पालना गछौँ भनेका छन्,’ उनले भने, ‘चीनतर्फको यार्ड प्रयोग गर्न दिन हामीले अनुरोध पनि गरेका थियौँ, उनीहरूको यार्डमा सामान लिन जानेको पिसिआर रिपोर्ट दिने भनिएको छ, कसको यार्ड प्रयोग गर्ने भन्ने माथिल्लो निकायमा छलफल हुने र जानकारी दिन्छौँ भनेका छन् ।’ 

नियमित रूपमा नाका सञ्चालन नहुँदा केरुङमा एक वर्षदेखि सामान रोकिएका छन् । जसले गर्दा व्यापारीमर्कामा परेका छन् ।  तदारुकतामा साथ सामान छोड्न पहल गरिरहेकोसमेत भन्सार प्रमुख खड्काले बताए । लामो समयदेखि बन्द रहेको नाका एक महिनाअघि एकतर्फी रूपमा सञ्चालन भएको छ । एकतर्फी रूपमा नाका सञ्चालन गरेको चीनले दैनिक आफ्ना चारवटा गाडीमार्फत रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारीसाधन त्यहाँ जाने गरेका थिए ।
 

ad
ad