१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मिना बुढाथोकी सल्यान
२०७७ भदौ १६ मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालविवाह गराउन खोजेको आरोपमा पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
मिना बुढाथोकी सल्यान
२०७७ भदौ १६ मंगलबार १२:००:००

सल्यानमा बालविवाह गर्न/गराउन खोजेको भन्दै पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका– ८ गैरा गाउँनिवासी २५ वर्षीय बेहुला दीपेन्द्र शर्मा र बाँके बैजनाथ गाउँपालिका– १ गाभरनिवासी १८ वर्षीया बेहुलीसहित पाँचजनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 

भदौ १४ गते बेहुलाको घरमा बालविवाह भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सोही दिन विवाहमा संलग्न बेहुलाका बुबा ६५ वर्षीय रमेशप्रसाद शर्मा, आमा ५९ वर्षीय कुन्ता शर्मा र विवाह गराउन संलग्न पुरोहित बागचौर नगरपालिका– १ ठिनबाँगनिवासी ७० वर्षीय दुर्गादत्त शर्मालाई मण्डपबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत सल्यानबाट १५ भदौमा म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।