Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १७:३५:००
समाचार डिजिटल संस्करण

कोरोना महामारीमा कलाकार श्रेष्ठको निःशुल्क मास्क वितरण

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १७:३५:००

कोरोना संक्रमणको जोखिम बढिरहेका वेला कलाकार तथा नेपाली चलचित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ले सर्वसाधारणलाई नि:शुल्क मास्क वितरण गरेका छन् । 
श्रेष्ठले मास्क वितरण अभियान नै सञ्चालन गरेका छन् । 

४५ दिनदेखि चलेको अभियानअन्तर्गत आठ हजारभन्दा भन्दै धेरै मास्क वितरण गरिसकिएको श्रेष्ठले बताए ।  ‘जागौँ युवा अभियान’अन्तर्गत विशेषगरी अनामनगर, नयाँ बानेश्वर र घट्टकुलो क्षेत्रका बटुवा र स्थानीयलाई निःशुल्क मास्क विरतण गरिएको उनले बताए । 

मास्क नलगाई सडकमा हिँड्ने बटुवा, किराना पसले, होटेलका कामदार, जुत्ता सिलाउने, कपाल काट्नेलाई निःशुल्क मास्क वितरण गर्ने गरिएको अभियन्ता श्रेष्ठले बताए । उनले भने, ‘कोरोना संक्रमणको महामारी झनझन बढ्दै छ । तर, सडकमा मास्क नलगाई हिँड्नेहरूको छ्यापछ्याप्ती छन् । उनीहरूलाई बाटोमै समातेर  हामीले मास्क दिँदै आएका छौँ ।’

श्रेष्ठका अनुसार निजी प्रयोजनमा सञ्चालित अभियानमा दुईजना कामदारसमेत खटिएका छन् । उनीहरूले घट्टेकुलो र नयाँ बानेश्वर चोकमा  मास्क बाँड्दै आएका छन् । अनामनगरमा भने श्रेष्ठ आफैँले मास्क वितरण गर्दै आएका छन् । श्रेष्ठका अनुसार अब चोकचोकमा हात धुन मिल्ने गरी पानी र साबुनको समेत व्यवस्था गरिनेछ । काेरोना महामारी समाप्त नभएसम्म अभियान जारी रहने श्रेष्ठले बताए ।