Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
२०७७ श्रावण १९ सोमबार ०८:५४:००
मुख्य समाचार डिजिटल संस्करण

मेलम्ची पहिरो अपडेट : एककाे जीवितै उद्धार, बेपत्ता सबै निर्माणाधीन कभर्डहलका कामदार

२०७७ श्रावण १९ सोमबार ०८:५४:००

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा पहिरोमा पुरिएर आठजना बेपत्ता भएका छन् । एनजनाकाे जीवितै उद्धार गरिएकाे छ । 

जीवितै उद्धार गरिएका बारु साहलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय श्याम खड्काले जानकारी दिए ।  साह भारतीय नागरिक हुन्।  

पहिराेमा पुरिएर बेपत्ता हुनेमा मेलम्ची बजारस्थित स्वास्थ्य चौकीछेउमै रहेको देवलाल श्रेष्ठको घरमा भाडामा बस्ने निर्माणाधीन कभर्डहलका कामदार रहेकाे प्रहरीले जनाएकाे छ । निर्माणाधीन कभर्डहलका लागि सबै कामदार  जिल्लाबाहिरबाट आएका थिए । 

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले दिएको जानकारीअनुसार पहिराेमा पुरिएर वीरगन्जका राजेन्द्र चौरसिया, प्रदीप चौरसिया, राजेश चौधरी तथा स्थानीय कामदार विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामा बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहितको टोलीले बेपत्ता भएकाहरूकाे उद्धारकाे प्रयास गरिरहेकाे छ ।