Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
रासस/एएनआई रियो डि जानेरो
२०७७ श्रावण १७ शनिबार १३:५९:००
विश्व डिजिटल संस्करण

ब्राजिलमा एकैदिन ५२ हजारभन्दा बढी संक्रमित

रासस/एएनआई रियो डि जानेरो
२०७७ श्रावण १७ शनिबार १३:५९:००

ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । 
 
पछिल्लो परीक्षणमा ५२ हजार तीन सय ८३ जनामा कोरोना पुष्टि भएको हो । 

थपसमेत संक्रमितको संख्या २६ लाख ६६ हजार पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अधिकारीहरूका अनुसार शुक्रबारसम्म ९२ हजार पाँच सय ६८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।     

तर, यहाँ पछिल्लो समयमा सङ्क्रमितको संख्यामा भने केही कमी आएको छ । 

गत बिहीबारको परीक्षणको तुलनामा यहाँ संक्रमित घटेका हुन् । बिहीबार यहाँ ६९ हजारभन्दा बढी संक्रमित भएका थिए । 

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । ब्राजिलमा दैनिक ५० हजारभन्दा बढी मानिस संक्रमित हुने गरेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार यहाँका १८ लाखभन्दा बढी मानिस भने निको भएर घर फर्किएका बताइएको छ ।