Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज २ शुक्रबार
  • Friday, 18 September, 2020
२०७७ श्रावण ६ मंगलबार २१:२४:००
प्रदेश

सूर्य नेपालद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

२०७७ श्रावण ६ मंगलबार २१:२४:००

हरिऔनका दुई विद्यालयमा अध्ययनरत अतिविपन्न समुदायका तीन सय ५० बालबालिकालाई सूर्य नेपाल प्रालिले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । हरिऔन–९ को दनुवार बस्तीमा रहेको जनता प्रावि र हरिऔन–१० मा रहेको बाल प्राविका विद्यार्थीलाई स्कुल ब्याग, कपी–कलम तथा खेलकुदका सामग्री प्रदान गरेको हो ।

सहयोगी समाज नेपालको समन्वयमा सूर्य नेपालले उपलब्ध गराएका सामग्रीहरू हरिऔन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले मंगलबार हस्तान्तरण गरेका हुन् । बालकक्षाका बालबालिकाका लागि खेल्दै सिक्ने खेलविधिका सामग्रीसमेत दुवै विद्यालयलाई प्रदान गरिएको थियो ।

हरिऔन नगरपालिकाका प्रमुख प्रसाईंले नगरपालिकाभित्रका अतिविपन्न समुदायका बालिबालिका पढ्ने विद्यालयलाई सहयोग गरेकोमा सूर्य नेपालप्रति अभार व्यक्त गरे । यी सामग्रीले बालबालिकाको पढाइमा निरन्तरता दिन सहयोग गर्ने उनले बताए । नगरपालिकाले यस्ता बालबालिकाका लागि आवासीय सुविधा दिने योजना बनाएको पनि उनको भनाइ छ ।