Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७७ श्रावण ५ सोमबार ०४:०९:००
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वैज्ञानिक महिला, कोभिड–१९ विरुद्ध खोप निर्माणकी सारथि

२०७७ श्रावण ५ सोमबार ०४:०९:००

आफ्ना तिम्ल्याहा छोरा पनि कोभिड–१९ विरुद्ध बन्दै गरेको खोप परीक्षणमा सहभागी भएकोमा डा. सराह क्याथरिन गिल्बर्ट दंग छिन् । बायोकेमिस्ट्रीका विद्यार्थी २१ वर्षका उनीहरूले आफ्नी आमाले बनाउँदै गरेको खोपमा आफूलाई पनि सहभागी गराए । तर, त्यो कुनै घरायसी सल्लाहको परिणाम थिएन । र, त्यसबारे घरमा कहिल्यै सल्लाह पनि भएको थिएन । बेलायको लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालयले गठन गरेको अनुसन्धान टोलीको नेतृत्व आफ्नी आमाले गरेको कुराले उनीहरूलाई परीक्षणमा सहभागी हुन प्रेरित ग¥यो ।

विश्वले खेपिरहेको मानवीय संकट अन्त्यका लागि यी ५८ वर्षीया ‘भ्याक्सिनोलोजिस्ट’ रातोदिन खटिरहेकी छन् । बिहान ४ बजे उठ्छिन् । केही समय घरबाटै काम गर्छिन् । त्यसपछि साइकलमा जेनर इन्स्टिच्युट पुग्छिन् । र, रातिसम्म अनुसन्धानमा जुट्छिन् । गत जनवरीसम्म सीमित कर्मचारी रहेको अनुसन्धान केन्द्रमा अहिले दुई सय ५० जना पुगेका छन् ।

उनी प्रोस्टेट क्यान्सरको इम्युनोथेरापी र मौसमी इन्फ्लुएन्जाविरुद्ध खोप बनाउने बायोटेक्नोलोजी कम्पनी ‘भ्याक्सिटेक’की संस्थापक पनि हुन् । र, अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजी विषय प्राध्यापन गर्छिन् । इन्फ्लुएन्जाविरुद्धका खोपको विकास र सम्भावित भाइरल रोगबारे विशेषज्ञता हो, उनको । उनले सन् २०११ मा विश्वव्यापी फ्लु भ्याक्सिनको विकास र परीक्षणको नेतृत्व गरेकी थिइन् र अहिले कोभिड–१९ विरुद्ध खोप तयार पार्न लागिपरेकी छन् ।

आफ्ना सन्तान पनि कोभिड–१९ विरुद्धको खोप परीक्षणमा सहभागी हुँदा उनलाई सुरक्षाको चिन्ता छैन । ‘हामीलाई यसको असरबारे राम्रो जानकारी छ । परीक्षण क्रममा कति डोज दिनुपर्छ भन्ने पनि थाहा छ,’ उनी भन्छिन्, ‘अहिले हामी खोपको सुरक्षाको पाटोमै काम गरिरहेका छौँ, तर हामीलाई यस पाटोमा खासै चिन्ता छैन । किनकि, यसअघि पनि बारम्बार परीक्षण गरिसकेका छौँ ।’

...

खोप सुरक्षित देखिएपछि नै डा. गिल्बर्टको टोली यसको प्रभावकारिता र कसरी तयार पार्ने भन्ने विषयमा केन्द्रित भएको छ । गत अप्रिलमा अक्सफोर्ड विश्वविद्यालयले बेलायती फर्मास्युटिकल कम्पनी अस्ट्राजेनेकासँग कोभिड–१९ विरुद्ध खोप बनाउन गरिने परीक्षण, उत्पादन र वितरणसम्बन्धी सम्झौता गरेको थियो । खोप प्रभावकारी देखिएमा नाफा नराखी वितरण गर्न अस्ट्राजेनेकाले सहमति दिएको छ । दुई अर्बभन्दा बढी डोज खोप उत्पादनका लागि आफू तयार रहेको बताउने अन्य कम्पनी पनि आइरहेका छन् ।

‘अक्स–१ कोभ–१९’ नाम दिइएको खोप परीक्षण सुरु भएपछि डा. गिल्बर्ट संसारभरका सञ्चारमाध्यममा छाएकी छन् । तर, प्रचार प्रसारले काममा बाधा पु¥याउने कुरामा उनी सतर्क देखिन्छिन् । विभिन्न रोगविरुद्ध खोप बनाउनमा उनको दुई दशकको अनुभव छ । जे गर्छिन्, मिहिनेतसाथ गर्छिन् र सफल पनि हुन्छिन् ।

‘अक्स–१ कोभ–१९’ तेस्रो वा अन्तिम चरणको परीक्षणमा छ । यसको परीक्षण बेलायतमा सीमित छैन, राजनीतिक सीमाको परिधि नाघेर दक्षिण अफ्रिकादेखि दक्षिण अमेरिकी मुलुक ब्राजिलसम्मका मानिस सहभागी भइरहेका छन् ।

उनका अनुसन्धानबारे वैज्ञानिक दायराभन्दा बाहिर कमै छलफल भएको छ । यसपटक भने संसारकै ध्यान खिच्ने अनुसन्धानमा तल्लीन छिन् । ‘अक्स–१ कोभ–१९’ तेस्रो वा अन्तिम चरणको परीक्षणमा छ । यसको परीक्षण बेलायतमा सीमित छैन, राजनीतिक सीमा नाघेर दक्षिण अफ्रिकादेखि दक्षिण अमेरिकी मुलुक ब्राजिलसम्मका मानिस सहभागी भइरहेका छन् ।

खोप परीक्षणको प्रक्रिया सामान्यतया पाँच वर्ष लाग्थ्यो । डा. गिल्बर्ट नेतृत्वको टोलीले यो प्रक्रियालाई चार महिनामै झारेर गत अप्रिल अन्तिम सातादेखि क्लिनिकल अर्थात् मानिसमा परीक्षण सुरु गरेको हो । पहिलो चरणमा करिब एक हजार एक सय जना परीक्षणमा सहभागी भएका थिए ।

डा. गिल्बर्टले बेलायती संसदीय समितिसामु जुलाईमै खोप निर्माण हुन सक्ने खाका प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुति देखेका एक सांसदले ‘तत्काल कोभिड–१९ विरुद्ध खोप तयार पार्नु भनेको एउटा झुपडीबाट ‘जेट इन्जिन’ निकाल्नुजस्तै हो’ भनेका थिए ।

ती सांसदलाई जवाफ फर्काउँदै बेलायत सरकारको खोप टास्कफोर्स प्रमुख केट बिन्घमले १० हजारभन्दा बढी मानिसमा परीक्षण गर्ने बिन्दुमा खोप अनुसन्धानरत अन्य दाबेदारलाई डा. गिल्बर्टको टिमले पछाडि छाडिदिने बताएका थिए । उनले भनेका थिए, ‘यो टोली संसारमा सबैभन्दा अगाडि छ । र, सबैभन्दा उन्नत खोप तयार पार्दै छ ।’

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका निर्देशक एन्थोनी फाउसीले बेलायती ‘फ्रन्ट–रनर’ (डा. गिल्बर्टको टोली)को कामलाई सावधानीपूर्वक ध्यान दिइरहेको बताएका छन् । ‘सीमित अवधिका लागि मात्र खोप निर्माणको नेतृत्व गरिरहेको हो या साँच्चिकै काम भइरहेको हो भन्ने कुरामा यो टोलीले सजगता अपनाउनु आवश्यक छ,’ उनले हालै बिबिसीसँग भनेका छन् ।

किनकि, यसरी निर्माण भएका थुप्रै खोप लाइसेन्स परीक्षामा असफल भएका उदाहरण छन् । औषधि रोग लागिसकेपछि बिरामीलाई दिइन्छ । खोप भने रोग लाग्नै नदिन स्वस्थ व्यक्तिलाई दिइन्छ । त्यसैले सार्वजनिक प्रयोगमा जानुअघि हरेक खोपले नियामक निकायहरूले तयार पारेको उच्चस्तरको परीक्षामा सफलता पाउनुपर्छ । र, वर्षौंसम्म खोपको सुरक्षाको पाटोमा कडाइका साथ नजर लगाइन्छ ।

कोभिड–१९ विरुद्ध खोपका सन्दर्भमा पनि यही नियम लागू हुनेछ । जस्तो– अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले कोभिड–१९ विरुद्धका खोप अन्य ‘प्लेसबो’को तुलनामा ५० प्रतिशत बढी प्रभावकारी देखिएमा मात्र सार्वजनिक प्रयोगका लागि अनुमति दिन सकिने बताएको छ । र, रक्त परीक्षण क्रममा सम्बन्धित व्यक्तिको प्रतिरक्षा प्रणालीमा प्रभाव पारेको धेरै प्रमाण आवश्यक हुने सर्त राखेको छ । अन्य मुलुकले भने कस्तो मापदण्ड तय गर्लान् भन्ने स्पष्ट हुन बाँकी छ ।

त्यसैले पनि डा. गिल्बर्ट नेतृत्वको टोलीसामु चुनौती नै चुनौती छन् । ‘अक्स–१ कोभ–१९’ मा कोभिड–१९ लाग्नबाट रोक्ने ८० प्रतिशत सम्भावना देखिएको उनले बताएकी छन् । आगामी सेप्टेम्बरसम्ममा त्यसको स्पष्ट चित्र आइसक्ने उनको भनाइ छ । हालै बेलायती सांसदहरूले डा. गिल्बर्टलाई सोधे, ‘के विश्वले आगामी जाडोयामसम्म पनि खोप पाउनलाई संघर्ष गर्नुपर्ला ?’ उनको जवाफ थियो, ‘आशा गरौँ, त्यो समयसम्म हामी यसमा सुधार गर्न सक्छौँ र तपाईंहरूको उद्धारका लागि आउनेछौँ ।’

यो खोप भाइरल भेक्टर प्रकृतिको हो, जसमाथि डा. गिल्बर्ट र प्राध्यापक एड्रियन हिलले वर्षौं लगाएर अनुसन्धान गरेका थिए । प्राध्यापक हिल हाल खोपबारे अनुसन्धान भइरहेको जेनर इन्स्टिच्युटका प्रमुख हुन् ।

...

परम्परागत खोप कमजोर वा निष्क्रिय बनेका कीटाणुका रूपमा तयार पारिएको हुन्छ । कुनै समयमा तिनै कीटाणु प्रतिरक्षा प्रणालीमा संक्रमण गर्ने कारक बनेका हुन्छन् । त्यसैले यी खोप यति छिटो निर्माण र उत्पादन गर्न सहज छैन । अक्सफोर्डको टोलीले यस्तो प्रविधि विकास गरेको छ, जसले प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्न एक रोगजनक आनुवंशिक सामग्रीलाई कोषिकाहरूमा पु¥याउन ग्रिक कथा ‘ट्रोजन वार’मा उल्लेखित ‘ट्रोजन हर्स’को जस्तै काम गर्नेछ । र, एक हानिरहित भाइरस उपयोग गर्दै प्रक्रियालाई गति दिन्छ ।

कोभिड–१९ को सन्दर्भमा डा. गिल्बर्टको टोलीले एक चिम्पान्जी एडेनोभाइरस (एक सामान्य ठन्डा भाइरस)लाई लिएको छ । र, त्यसलाई सार्स–कोभ–२ भाइरसको सतहमा हुने काँडेदार प्रोटिनविरुद्ध लड्ने प्रतिरक्षा प्रणालीका रूपमा उपयोग गरेको छ । चिम्प एडेनोभाइरस प्लेटफर्मले एन्टिबडी र किलर टी–सेललाई उच्चस्तरमा उत्तेजित बनाउँछ । र, एक प्रकारको श्वेत रक्तकोषिकाले प्रतिरक्षा प्रणालीमा हुने संक्रमण नष्ट गर्न मद्दत गर्छ ।

डा. गिल्बर्टकै जस्तो प्रयास चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्सले पनि नगरेको होइन । तर, त्यो कम्पनी दोस्रो चरणको परीक्षणमा मात्र छ । यी दुईबीच सानो तर महŒवपूर्ण अन्तर छ । क्यानसिनोले एक मानव एडेनो भाइरसमा आधारित भेक्टर प्रयोग गरेको छ । उक्त एडेनो भाइरसबाट यसअघि नै धेरै मानिस संक्रमित भइसकेका छन् । शरीरमा पूर्वनिर्मित एन्टिबडी रहेका मानिसमा एडिनोभाइरसले खोपलाई निष्क्रिय बनाइदिने प्रारम्भिक परीक्षणमा देखिएको छ ।

जोनसन एन्ड जोनसनले पनि मानव एडिनोभाइरस प्रयोग गर्दै सोही प्रकृतिको खोप तयार पार्दै छ, जसको जुलाई उत्तराद्र्धमा परीक्षण सुरु हुनेछ । एडिनोभाइरस आधारित यी सबै खोपको फाइदा पनि छ– यिनलाई ठन्डा राख्न आवश्यक हुनेछ र संसारभर पु¥याउन सहज पनि ।

सफल मानिएको खोप शतप्रतिशत प्रभावकारी नहुन सक्छ । कसले पहिले दौड जित्छ भन्ने पनि गौण विषय हो । र, सफलताको परिभाषा बेग्लै हो । सबै खोपले शरीरलाई भाइरसरहित बनाउन सक्दैनन् । कुनै खोपले संक्रमण रोक्न सक्दैन, तर शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ‘हामीलाई रोगविरुद्ध उच्च क्षमतायुक्त खोप आवश्यक छ, जसले भाइरस प्रसार रोक्न पनि महŒवपूर्ण भूमिका वहन गरोस्,’ डा. गिल्बर्ट भन्छिन् ।

जेनर इन्स्टिच्युटको टोलीले सन् २०१४ मा इबोला भाइरसविरुद्धको खोप सबैभन्दा पहिले परीक्षण गरेको थियो । गुयना, लाइबेरिया र सियरालियोनमा भाइरस फैलिरहँदा इन्स्टिच्युटका वैज्ञानिक खोप परीक्षणमा व्यस्त थिए । पछि अमेरिका र युरोपेली मुलुकले पनि त्यस खोपलाई मान्यता दिए । त्यसले पनि अक्सफोर्डको टोलीलाई खोप निर्माणका लागि गर्नुपर्ने हतारका बारेमा ज्ञान दिएको छ । ‘हामी यी विषयमा पूर्ण जानकार छौँ,’ प्राध्यापक हिल भन्छन्, ‘यो प्रयासले साँच्चिकै अर्थ राख्नेछ भन्ने हामीले सोचेका छौँ ।’

इबोलाविरुद्धको यो लडाइँमा डा. गिल्बर्ट पनि सहभागी थिइन् । र, अर्को कोरोना भाइरस ‘मर्स’विरुद्ध युद्धमोर्चामा पनि थिइन् । मर्सविरुद्ध पनि चिम्प एडेनोभाइरसबाट खोप बनाइएको थियो । तर, ती सबै प्रयासमा कुनै सहायता उपलब्ध नभएपछि गिल्बर्ट र हिल मिलेर सन् २०१६ मा निजी कम्पनी ‘भ्याक्सिटेक’ स्थापना गरे । सोही कम्पनीमार्फत दुवै मिलेर प्रोस्टेट क्यान्सर थेरापी तयार पारे । त्यसमा पनि चिम्प एडेनोभाइरसकै प्रयोग गरिएको थियो ।

डिसेम्बर २०१९ मा चीनको वुहानमा नोवल कोरोना भाइरस उत्पत्ति हुँदा गिल्बर्ट र हिल साउदी अरेबियामा मर्सविरुद्धको खोप दोस्रो चरणमा परीक्षण गर्दै थिए । र, त्यही बिन्दुबाट उनीहरूलाई कोभिड–१९ विरुद्धको खोप परीक्षण थाल्न सहज भयो ।

जब उनले चीनमा जटिल निमोनियाको कुरा सुनिन्, कति चाँडो यो फैलियो भन्नेमा पहिले ध्यान दिइन् । १० जनवरीमा चिनियाँ वैज्ञानिकले त्यसको आनुवंशिक सिलसिलाबारे रिपोर्ट प्रकाशित गर्नासाथ उनले काम थालिसकेकी थिइन् । अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान मात्र होइन, खोप उत्पादन सुविधा पनि उपलब्ध छ । र, त्यसलाई तत्काल मानिसमा परीक्षण पनि गर्न सकिन्छ । १७ फेब्रुअरीमा उनको टोलीले मुसामा खोप परीक्षण थालिहाल्यो । जनावर र मानिसमा परीक्षणदेखि औषधि निर्माता कम्पनीहरूसँग संवाद पनि एकसाथ अगाडि बढाइन् । एकसाथ यी सबै काम अगाडि बढाउनु उनको उच्च कार्यकुशलताको प्रमाण हो ।

मार्च पहिलो सातासम्म आइपुग्दा उनलाई त्यसका लागि रकम अभाव भयो । कोलिसन फर एपिडेमिक प्रिपेयर्डनेस इन्नोभेसन (सिइपिआई)बाट सानो परिमाणमा अनुदान प्राप्त गरिन् । सिइपिआई सन् २०१७ मा बिल एन्ड मेलिन्डा फाउन्डेसन तथा नर्वे र भारत सरकारको सहयोगमा स्थापना भएको थियो । र, यसमा लन्डनस्थित वेलकम ट्रस्ट लिमिटेड नामक रिसर्च च्यारिटी संस्था पनि संलग्न थियो । यो अनुदान काम अगाडि बढाउन पर्याप्त थियो ।

तर, बाँदरमा परीक्षण गरेर समय नष्ट गर्ने अवस्था थिएन । किनकि, संसारभरका मानिसले कोभिड–१९ बाट ज्यान गुमाइरहेका थिए । २३ मार्चमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशव्यापी लकडाउन घोषणा गरे । साथमा, डा. गिलबर्टको टिमका लागि २२ लाख पाउन्ड अनुदान उपलब्ध गराउने घोषणा पनि गरे ।

अप्रिलको सुरुमा अस्ट्राजेनेकाका रिसर्च एन्ड डेभलपमेन्ट विभाग प्रमुख मेन पांगोलसले अक्सफोर्ड विश्वविद्यालयमा भइरहेको सकारात्मक कामबारे सुने । अस्ट्राजेनेका पनि ठूलो खोप निर्माता कम्पनी थिएन । तर, अक्सफोर्डको टोलीसित जुम बैठक भएको १० दिनभित्रै खोप निर्माणसम्बन्धी सम्झौता भइहाल्यो ।

प्रतिडोज कम मूल्यमा खोप तयार पार्न अस्ट्राजेनेका तयार भयो । बेलायत सरकारले आफ्ना लागि तीन करोड डोज उपलब्ध गराउने सर्तमा ६ करोड ५० लाख पाउन्ड कम्पनीलाई दिने भयो । केही दिनभित्रै अस्ट्राजेनेकाले अमेरिकी बायोमेडिकल एड्भान्स रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी (बार्डा)सँग ३० करोड डोज उपलब्ध गराउने सम्झौता ग¥यो । त्यसलगत्तै भारतको सेरम इन्स्टिच्युट अफ हेल्थसँग एक अर्ब डोज खोप उत्पादनसम्बन्धी सम्झौता भयो, जुन विकासशील र मध्यम आय भएका मुलुकमा पु¥याउने लक्ष्य छ ।

यहीबीच, डा. गिल्बर्ट र प्राध्यापक हिलले अमेरिकी राज्य मोन्टानाबाट बाँदरमा खोप परीक्षणसम्बन्धी प्रस्ताव प्राप्त गरे । ६ वटा बाँदरमा गरिएको परीक्षणको नतिजा समग्रमा सकारात्मक आयो । त्यसलगत्तै मानिसमा परीक्षण सुरु गरियो ।

मे अन्तिममा डा. गिल्बर्टको टोलीले १० हजार मानिसमा एड्भान्स स्तरको परीक्षण तयारी थाल्यो । स्वतन्त्र वैज्ञानिकहरूको समूहबाट ग्रिन सिग्नल पाएपछिको तयारी थियो, त्यो । र, इटालीको कम्पनी एडभेन्टले त्यसका लागि १३ हजार डोज खोप उत्पादन गरिदिने भयो ।

डा. गिल्बर्ट नेतृत्वको टोलीको हालसम्मको उपलब्धि कोभिड–१९ महामारी अन्त्यको दिशामा महŒवपूर्ण कदम हुन सक्ने–नसक्ने भन्ने निर्धारण संसारभरका विविध समूहमा जारी परीक्षणहरूले गर्नेछन् । खासगरी, ज्येष्ठ नागरिकमा गरिने परीक्षणको उपलब्धिले यो महामारीबाट बाहिर निस्किन संसारलाई सहायता पुग्छ कि पुग्दैन भन्ने स्पष्ट हुनेछ ।

(ब्लुमबर्ग डटकमबाट)