Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १५ सोमबार
  • Monday, 30 November, 2020
ad
एजेन्सी मुम्बई
२०७७ श्रावण ३ शनिबार १४:५७:००
सप्तरंग डिजिटल संस्करण

भारतीय हाँस्य धारावाहिक तारक मेहताका उल्टा चश्माको सुटिङ सुरु, बुधबारदेखि नयाँ एपिसोड प्नशारण हुने

एजेन्सी मुम्बई
२०७७ श्रावण ३ शनिबार १४:५७:००

लोकप्रिय भारतीय टिभी धारावाहिक ‘तारक मेहताका उल्टा चश्मा’ को सुटिङ सुरु भएको छ ।

कोरोना संक्रमण विश्वभरि फैलिएपछि भिडभाड हुने सबै काम बन्द भएको थियो । विश्वभरि नै फिल्मका सुटिङ रोकिएका थिए ।

अबको दश दिनपछि (२८ जुलाई) मा प्रशारणको १२ वर्ष पुरा गर्ने यो धारावाहिकको सुटिङ कोरोनाका कारण एक सय १५ दिन रोकियो ।

सुटिङ रोकिएपछि धारावाहिकमा पुरानो एपिसोड देखाइँदै आएको थियो ।

सुटिङ सुरु भएकाले आगामी २२ जुलाईदेखि नयाँ एपिसोड देखाइने भएको छ ।

धारवाहिकका डाइरेक्टर मालव राजदाले सुटिङका केही फोटो सार्वजनिक गरेका छन् । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कलाकार सुटिङमा सहभागी भएका थिए । 
 

छुटाउनुभयो की ?