Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २ शुक्रबार ०८:४३:००
अर्थ

डिसहोमका ग्राहकले  एचबिओका च्यानलहरू मोबाइल  एपमा निःशुल्क हेर्न पाउने

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २ शुक्रबार ०८:४३:००

स्याटेलाइट टेलिभिजन वितरक डिस मिडिया नेटवर्कले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ । सोही एपमार्फत मोबाइलमा एचबिओका च्यानलहरू हेर्न सकिने भएको हो ।  

कम्पनीले आफ्नो डिटिएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी केही समयअघि ‘डिसहोम गो’ अर्थात् ‘डिएच गो’ नामक मोबाइल एप ल्याएको थियो ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपालमा उपलब्ध टेलिभिजन सेवाप्रदायकका ओटिटी एपमा एचबिओका च्यानल पहिलोपटक उपलब्ध भएको बताए । उनले भने, ‘यो सेवा शुक्रबारबाट सुरु भएको छ । यसमा एचबिओका सम्पूर्ण च्यानल उपलब्ध भएका छन् ।’

डिसहोमले डिएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको जनाएको छ । ती २० वटा च्यानलमा एचबिओ, एचबिओ सिग्नेचर एचडी, एचबिओ फ्यामिली एचडी, एचबिओ हिट्स एचडी र सिनेम्याक्ससमेत समावेश भएको बताइएको छ । यससँगै डिसहोम प्रयोगकर्ताले जहाँ र जुनसुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ ।

डिसहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरूलाई इन्टरनेटको ओटिटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्नेछैन । डिसहोम प्रयोगकर्ताले डिटिएच कनेक्सनको कस्टमर आइडी प्रयोग गरी निःशुल्क रूपमा यो सेवा प्रयोग गर्न पाउनेछन् ।

आचार्यले भने, ‘कुनै दिन प्रयोगकर्ता घरबाट बाहिर बस्नुपरेको अवस्थामा पनि उनीहरूले डिसहोमसँग जोडिन सकून् भन्ने हाम्रो योजना हो ।’ डिसहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिसहोम गो ओटिटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्ने जनाइएको छ ।