Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७७ श्रावण १ बिहीबार १३:०६:००
मुख्य समाचार डिजिटल संस्करण

सरकार गठनको २९ महिनापछि मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता

२०७७ श्रावण १ बिहीबार १३:०६:००

बागमती प्रदेश सरकार गठन भएको २९ महिनापछि मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ । २९ महिनासम्म मुख्यमन्त्री र मन्त्रीहरूबीच प्रदेशका कामकारबाहीबारे कुनै पनि सम्झौता भएको थिएन । २८ माघ ०७४ मा सरकार गठन भएको थियाे । 

संघीय सरकारले जस्तै बागमती प्रदेशले पनि सरकारको कामकारबाहीलाई नीतिगत रूपमा तीव्र गतिले अघि बढाउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता गरेको हो ।

बिहीबारबाट नयाँ आर्थिक वर्ष ०७७/७८ सुरु भएसँगै यस आवमा तय गरिएका नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयनका लागि मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता गरिएको प्रमुख सचिव तोयम रायाले बताए । सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले तर्जुमा गरिएको नीति तथा कार्यक्रम, योजना र बजेट कार्यान्वयनसँगै तोकिएको समयभित्र तोकिएका कामहरू तीव्रताका साथ गर्ने गरी कार्य सम्पादन सम्झौता गरिएको उनले जानकारी दिए ।


सम्झौतापत्रमा मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल र सामाजिक विकासमन्त्री युवराज दुलालले हस्ताक्षर गर्दै आदान–प्रदान गरिएको छ ।
 
सम्झौता कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले भने उपस्थिति नै जनाएनन् । अनुपस्थित भएका मन्त्री नेपालले सिन्धुपाल्चोकको बाढीपहिरो पीडितको अवस्थाबारे अवलोकनका लागि त्यसतर्फ गएकोले आफू उपस्थित हुन नसकेको बताए । मुख्यमन्त्री–मन्त्रीहरूबीचको सम्झौतापछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरू–सचिवहरूबीच र सम्बन्धित मन्त्रालयका सचिवमातहतका कार्यालय प्रमुखहरूबीच पनि सम्झौता हुनेछ ।

अब फरक ढंगले कामकारबाही अघि बढ्ने मुख्यमन्त्री पौडेलको दाबी
 मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौतापछि मुख्यमन्त्री डोरमणि पौडेलले अब प्रदेश सरकारले फरक ढंगले कामकारबाही अघि बढाउने दाबी गरे । यो नयाँ अभ्यासको थालनीसँगै अब नयाँ ढंगले काम अघि बढ्ने मुख्यमन्त्री पौडेलले बताए । ‘हामीले तर्जुमा गरेका नीति तथा कार्यक्रम र बजेट पूर्ण कार्यान्वयन गर्ने गरी काम अघि बढाउन सम्झौता गरेका हौँ,’ उनले भने, ‘यस सम्झौताले नैतिक रूपमा बाँधिदिन्छ भन्ने विश्वास लिएको छु ।’

सम्झौताको पूर्ण पालन गर्न मन्त्रीहरूलाई अनुरोध गर्दै उनले अब प्रस्ट कामको प्रगति देखिने बताए । बागमती प्रदेशले सोचेअनुसारको काम अघि बढाउने गरी सम्झौता गरेको उनको भनाइ छ ।