Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
२०७७ असार २७ शनिबार ११:१६:००
समाचार डिजिटल संस्करण

 डोल्पा पुग्यो सलहको बथान, मकै र आलु नष्ट

२०७७ असार २७ शनिबार ११:१६:००

हिमाली जिल्ला डोल्पामा पनि सलह पुगेको छ । रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा पुगेको केही दिनमै डोल्पामा पनि सलहको बथान नै आइपुगेको हो । जिल्लाको मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठूलीभेरी नगरपालिकामा सलह देखिएको छ ।

सलहले डोल्पामा मकै र आलु बारीमा क्षति पुर्‍याएको कृषकहरूले गुनासो गरेका छन् । तल्लो भेगमा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा सबैभन्दा धेरै सलह किराको बथान देखिएकाले क्षति पनि धेरै पुर्‍याएको स्थानीयले बताए ।

भदौमा पाक्ने गरी रोपिएका मकै बारीमै पुगेर सखाप पार्न थालेपछि कृषक चिन्तित भएका छन् । सुरुसुरुमा फाटफुट देखिए पनि बिहीबार बिहानैदेखि ठूलो झुन्डमा  आलु र मकै बारीमा पसेर सबै खाएपछि कृषक चिन्तित भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए । 

हजारौँको संख्यामा आएका सलहलाई भाँडा बजाएर भगाउन खोज्दासमेत नगएकोे कृषकले दुःखेसो पोखे । अहिले जगदुल्ला र मुड्केचुलाका कृषक बारीमै बसेर सलह धपाउन थालेका छन् ।