Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २० शनिबार १६:२३:००
कोरोना अपडेट

काेराेना मिटर : थप दुई सय ३२ मा संक्रमण पुष्टि, कुल संक्रमितकाे संख्या १५ हजार चार सय ९१ पुग्याे

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २० शनिबार १६:२३:००

पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणमा दुई सय ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याेसमेत हालसम्म संक्रमित  हुनेकाे संख्या १५ हजार चार सय ९१  पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले विगत २४ घन्टामा दुई सय ७२ जना निकाे भएर डिस्चार्ज भएकाे बताए । 

हाल संक्रमित भई आइसोलेनमा बस्ने नौ हजार ४२ जना छन् ।

क्वारेन्टाइनमा बस्नेको संख्या भने निकै घटेको छ । गौतमका अनुसार क्वारेन्टाइनमा हाल ३३ हजार एक सय २५ जना छन् । 

कोरोनाबाट मृत्यु हुने संख्या ३४ पुग्यो 
कोरोना संक्रमण देखिएका थप दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित गोरखाका ४४ वर्षीय पुरुषको २० असारमा मृत्यु भएको हो । उपचारका क्रममा उनलाई अस्पताल भर्ना गरिएको थियो । कतारबाट फर्केका उनी क्वारेन्टाइनमा थिए । कोरोना पुष्टि भएपछि उपचारकै क्रममा उनको मृत्यु भएको गौतमले बताए । 

त्यसैगरी रुपन्देहीको देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १७ असारमा उनको मृत्यु भएको हो । उनको स्वाब परीक्षणमा १८ असारमा कोरोना पोजेटिभ देखिएको गौतमले जानकारी दिए ।

योसमेत कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।