सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ७ आइतबार ०६:१६:००
साहित्य

रहिनन् अंगुरबाबा जोशी

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ७ आइतबार ०६:१६:००

शिक्षासेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । छात्राशिक्षाकी अभियन्ताको रूपमा उनी नेपाली समाजमा बढी परिचित छिन् । 

काठमाडौं डिल्लीबजारमा ३२ साउन १९८९ मा जन्मेकी उनको नेपालको शिक्षा क्षेत्र र समाजसेवाका ठूलो योगदान छ । ११ वर्षको उमेरमै १२ वर्षका बलराम जोशीसँग उनको विवाह भयो । तर, कर्मघरमा गएर पनि उनले पढ्न पाइन् । श्रीमान्-श्रीमती दुवैले एकसाथ एसएलसी दिए र सँगै उत्तीर्ण पनि भए । श्रीमान् एसएलसीको बोर्डमा परे, उनी भने दोस्रो श्रेणीमा उत्तीर्ण भइन् ।

तीन सातादेखि छातीको संक्रमणबाट पीडित उनको शनिबार दिउँसो बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो । १७ वर्षअघि घाँटीको क्यान्सरको शल्यक्रियाका क्रममा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तन क्यान्सर पनि भयो ।

तीन सातादेखि छातीको संक्रमणबाट पीडित उनको शनिबार दिउँसो बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो।

०१९ सालमा तत्कालीन राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गरेका थिए, जसमा एक मात्र महिला सदस्य थिइन्, उनी । क्याम्पस प्रमुख बन्ने नेपालकी पहिलो महिला हुन्, जोशी । बेलायतमा अध्ययन सकेर फर्किनासाथ उनले पद्मकन्या क्याम्पस प्रमुखको जिम्मेवारी पाइन् ।

०३१ सालमा उनको कथासंग्रह ‘कल्पना’ प्रकाशित भएको थियो । त्यसबाहेक ‘क्यान्सर : वरदान’, ‘वृद्धा अवस्था ः जीवनको श्रीपेच’ र ‘दीक्षा’ नामका उनका कृति प्रकाशित छन् । जीवनभर प्राध्यापन र समाजसेवामा सक्रिय उनलाई ०७२ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो ।

स्वअध्ययन गर्दै आइए उत्तीर्ण भएपछि उनले श्रीमान्सँगै वनारस गएर राजनीतिशास्त्र र संस्कृत विषयमा स्नातक गरिन् । स्वदेश फर्केपछि पद्मकन्या क्याम्पसमा पढाउन थालिन् । त्यहीबीचमा कोलम्बो प्लानअन्तर्गत बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पढ्ने अवसर पाइन् ।

केही वर्षअघि ‘गार्गी कन्या गुरुकुल’ नाम दिएर मुलुकमै पहिलोपटक छात्राहरूका लागि गुरुकुल स्थापना गरिन् । यस गुरुकुलमा दलित महिलालाई पनि वेद पाठ गराइन्छ । चितवन देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलकी संरक्षक थिइन्, उनी ।

छुटाउनुभयो की ?