‘नेपाली जनताको बैंक, जनता बैंक’ नाराका साथ वित्तीय सेवा पु¥याउँदै आएको यस जनता बैंकले बेलायतबाट रेमिट्यान्स सेवा सञ्चालन गरेको छ ।
यसै आर्थिक वर्षदेखि भारतलगायत देशबाट समेत इन्टरनेसनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको बैंकले बेलायतको बराक साजन एक्सचेन्ज लिमिटेडसँग सम्झौता गरी रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बराक साजन एक्सचेन्ज लिमिटेड इंग्ल्यान्ड र वेल्समा एक्स्चेन्ज कम्पनीका रूपमा आबद्ध बराक बैंक लिमिटेड बंगलादेशको भगिनी संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट एक्स्चेन्ज सेवा पुर्याउँदै आएको बराक साजन एक्सचेन्जले यो सम्झौतासँगै पहिलोपटक नेपालमा सेवा सुरु गरेको हो ।
बराक साजन एक्सचेन्जले निकट भविष्यमै पोल्यान्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दै छ ।
उक्त रेमिट सेवाबाट पठाइएको रकम नेपालभर रहेका जनता बैंकको १ सय २९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा
गर्न सकिनेछ ।