सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २१ आइतबार
  • Sunday, 05 July, 2020
२०७७ जेठ १२ सोमबार २२:०७:००
कोरोना अपडेट

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दुई सय ९८ पुग्यो 

२०७७ जेठ १२ सोमबार २२:०७:००

प्रदेश ५ मा सोमबार सातजना कोरोना संक्रमित थपिएका छन् । सातजना थपिएसँगै यस प्रदेशमा संक्रमितको संख्या दुई सय ९८ पुगेको छ । 
प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार सोमबार साँझ थप सातजनामा कोरोना संक्रमण पहिचान भएको हो । थपिएका संक्रमितमध्ये अर्घाखाँचीका दुईजना छन् । अर्घाखाँचीमा पहिलोपटक संक्रमित भेटिएका हुन् । यस्तै, संक्रमित हुने अन्यमा गुल्मी, रुपन्देही र कपिलवस्तुका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार प्रदेशमा सबैभन्दा बढी बाँकेमा संक्रमित छन् । उनले  दिएको तथ्यांकअनुसार बाँकेमा मात्रै संक्रमितको संख्या एक सय ४६ छ । यस्तै, कपिलवस्तुमा ८५, रुपन्देहीमा ४४, बर्दियामा सात, दाङमा पाँच, नवलपरासी पश्चिममा पाँच, गुल्मीमा चार र अर्घाखाँचीमा दुईजना छन् ।  प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा संक्रमित भेटिएका छन् ।