Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
२०७७ जेठ १ बिहीबार १९:१९:००
समाचार

लमजुङमा निर्माण सामग्रीको ढुवानी पासमा रोक

२०७७ जेठ १ बिहीबार १९:१९:००

लमजुङमा लुकिछिपी जिल्ला प्रवेश गर्नेहरू बढेसँगै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन थप कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निर्माण सामग्री ढुवानीको पास दिनसमेत बन्द गरेको छ । क्राइसिस म्यानेजमेन्ट सेन्टरकोे बुधबार बसेको बैठकले जेठ १ गतेबाट निर्माण सामग्री ढुवानीका लागि पास जारी नगर्ने निर्णय गरेको थियो ।

सेन्टरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले लमजुङसँग सीमा जोडिएका तनहुँ, गोरखा, कास्कीका नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन गरी आवत–जावतमा रोक लगाइएको बताए । एम्बुलेन्स, कूटनीतिक नियोग र सुरक्षा निकायका गाडीलाई भने ‘डिसइन्फेक्सन’ गरेर मात्र जिल्ला प्रवेश गर्न दिइनेछ ।

यस्तै सुन्दरबजार नगरपालिका–७ कृषि क्याम्पसमा रहेको जिल्लास्तरीय क्वारेन्टाइन बिहीबारदेखि नेपाली सेनाको श्रीजंग गणको रेखदेखमा सञ्चालन गरिएको छ ।