प्रधानमन्त्रीले ट्विटरमार्फत भने 'गिरीको निधनले दु:खी छु' 

२०७५ पौष ३ मंगलबार ११:०२:००

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको बताएका हुन् । उनले लेखेका छन् ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

 पूर्वप्रम गिरीको आज बिहान उनकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो । 

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन

 

पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खवरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

— KP Sharma Oli (@PM_Nepal) December 18, 2018