Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २२ बिहीबार
  • Thursday, 06 August, 2020
रंजन भण्डारी महोत्तरी
२०७६ फाल्गुण १२ सोमबार १७:१४:००
अर्थ

नेपाली कम्पनीको कार्टुनमा भारतीय चल्लाको ओसार पसार

रंजन भण्डारी, महोत्तरी
२०७६ फाल्गुण १२ सोमबार १७:१४:००

महोत्तरीको मटिहानी सिमा नाकामा  सोमवार प्रहरीले नेपाली हेचरी कम्पनीको कार्टुनमा भारतीय कुखुराको चल्ला ओसार पसार गर्ने गरेको फेला पारेको छ ।

नेशनल पोल्ट्री फर्म भरतपुर २५ लेखिएको कार्टुनमा भारतमा उत्पादित चल्ला प्याक गरि नेपाल प्रवेश गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

उनले भारतीय चल्ला नेपाल भित्र्याउन यो नयाँ उपाय प्रयोग गरिएको बताए । खाली कार्टुन भारत छिराउने र त्यसमै चल्ला भरेर नेपाल ल्याउने वा भारतमै नेपाली कम्पनी लेखिएको कार्टुन छापेर नेपाल ल्याउने गरिएको उनले बताए । डिएसपी बुढाथोकीले चालकसंग सोध्दा चितवनमा प्याकिंग गरिएको चल्ला महेन्द्र नगर लग्दै छु भनेर बताएकोमा शंका लागेर अनुसन्धान गरेको र सम्बन्धित कम्पनीले समेत आफ्नो चल्ला नभएको बताएपछि रहस्य खुलेको बताए ।

चितवनबाट धनुषाको महेन्द्रनगर लैजाने भनिएको चल्ला महोत्तरीको मटिहानी सिमामा पुग्नु पर्ने कुनै पनि भरपर्दो कारण नदेखिएको डिएसपी बुढाथोकीले बताए । उल्टो बाटो सिमामा के गर्न आएको भनेर अनुसन्धान गर्दा कार्टुनमा नेपाली कम्पनीको नाम लेखिए पनि चल्ला भने भारतमा प्याकिंग गरिएको खुलेको बताए । 
पक्राउ गरिएको चल्ला नष्ट गरिएको छ ।