• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
२०७६ फाल्गुण २ शुक्रबार ११:४६:००
स्वास्थ्य र जीवनशैली

यस्ता लक्षण देखिए टाइफाइड

२०७६ फाल्गुण २ शुक्रबार ११:४६:००

टाइफाइडलाई म्यादी ज्वरो पनि भनिन्छ । यो ‘साल्मोनेला टाइफी’ प्रजातिको ब्याक्टेरियाका कारण हुन्छ । संक्रमण भएको ६ देखि ३० दिनसम्म र त्यसपछि पनि लक्षण देखा पर्ने गर्छ । यसका लक्षण सामान्यदेखि गम्भीर प्रकृतिका हुन्छन् । 
 

लक्षण    

  •  सुरुमा सासान्य ज्वरो आउने र बिस्तारै बढ्दै जाने
  •  धेरै टाउको दुख्ने
  •  खाना नरुच्ने 
  •  शरीरमा स–साना बिबिरा आउने, फियो बढ्ने 
  •  आँखा दुखेको अनुभव हुने
  •  जिउ दुख्ने तथा थकान महसुस हुने, पेट दुख्ने तथा पखाला लाग्ने
  •  सुक्खा खोकी लाग्ने
  •  कब्जियत हुने
  •  वाकवाकी लाग्ने
  •  ज्वरो बढेअनुसार नाडीको गति नबढ्ने
  •  बिरामीमा बेचैनी बढ्ने
  •  शरीर कमजोर हुँदै जाने 
  •  दिसा पातलो हुने ।

उपचार

  •  बिरामीले सक्दो आराम गर्ने 
  •  धरै मात्रामा झोलिलो पदार्थ खाने, सफा पानी प्रशस्त पिउने 
  •  डाक्टरको सल्लाहअनुसार औषधि सेवन गर्ने
  •  प्रोटिन तथा भिटामिनयुक्त खानेकुरा खाने
  •  अमिलो–पिरो नखाने ।