Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २९ बिहीबार
  • Thursday, 13 August, 2020
चीनको पूर्वी जियाङसु प्रान्तको एउटा कपडा कम्पनीमा घातक कोरोना भाइरसविरुद्ध जुध्न लगाइने रक्षात्मक कपडा सिलाउँदै मजदुरहरू । भाइरस विस्तार हुनुअघि सो कम्पनीले सुट र खेलकुदमा प्रयोग हुने कपडा सिलाउँथ्यो । तस्बिरः एएफपी/रासस
एजेन्सी बेइजिङ
२०७६ फाल्गुण २ शुक्रबार ०९:१९:००
विश्व

कोरोनाबाट मृत्यु हुने र संक्रमितको संख्या ह्वात्तै बढ्यो

एकैदिन दुई सय ४२ को मृत्यु र १५ हजार संक्रमित

एजेन्सी बेइजिङ
२०७६ फाल्गुण २ शुक्रबार ०९:१९:००

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सख्ंया ह्वात्तै बढेको छ । भाइरसबाट बुधबार मात्र दुई सय ४२ को मृत्यु भएको छ । यससँगै भाइरसबाट मृत्यु हुनेको संख्या १३५० पुगेको छ । यसअघि तीन दिनसम्म भाइरसबाट दैनिक औसतमा सयको मृत्यु भएको थियो भने नयाँ संक्रमितको संख्या स्थिर थियो । पछिल्लोपटक मृत्यु हुने सबैजना भाइरसको केन्द्र रहेको हुबेई प्रान्तको वुहान सहरका बासिन्दा हुन् । नोभेम्बरको अन्त्यदेखि चीनमा फैलिएको भाइरसको संक्रमण  ३० देशमा देखा परेको छ । विश्व स्वास्थ्य संगठनले  भाइरसबाट हुने संक्रमणलाई ‘कोभिड–१९’ नाम दिएको छ । नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ र संक्रमण देखिएको वर्षलाई संयोजन गरेर जुराइएको हो । 

६० हजार पुगे संक्रमित    

कोरोना भाइरसबाट चीनमा संक्रमित हुनेको संख्या बुधबारसम्म ६० हजार पुगेको छ । बुधबार १४ हजार आठ सय नयाँ संक्रमित भेटिएसँगै संक्रमितको सख्ंया ह्वात्तै बढेको छ । कुल संक्रमितमध्ये ८० प्रतिशत हुवेई प्रान्तका रहेका चीनको स्वास्थ्य आयोगले जनाएको छ । अहिलेसम्म हुबेईमा मात्र भाइरस सक्रमितको ४८ हजार दुई सय ६ पुगेको  छ ।

चीन हुँदै अस्ट्रेलिया जाने यात्रुमाथि प्रतिबन्ध जारी

कोरोना भाइरसको संक्रमण बढेसँगै अधिकांश मुलुकले चीनका नागरिकमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । कतिपय देशले त चीन भएर जाने यात्रुमाथि नै प्रतिबन्ध लगाएका छन् ।  तीमध्येको अस्ट्रेलियाले चीनको मुख्य भूभागबाट आउने यात्रुलाई दुई सातादेखि लगाउँदै आएको  प्रतिबन्ध अझै एक साता बढाउने घोषणा गरेको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीव्र बढेपछि अस्ट्रेलियाले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री स्कट मोरिसनले भने, ‘हाम्रो पहिलो कर्तव्य हरेक अस्ट्रेलियालीलाई सुरक्षित राख्नु हो ।’