Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
रमेश सापकोटा काठमाडौं
२०७६ पौष २९ मंगलबार २०:०३:००
समाचार

कांग्रेस जाग्ने बेला आयो : सिटौला 

रमेश सापकोटा काठमाडौं
२०७६ पौष २९ मंगलबार २०:०३:००

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको सरकार दुई वर्षसम्म अन्धो बन्दा प्रतिपक्षी कांग्रेस संसद र सडकमा सशक्त बन्न नसकेको आरोप लगाएका छन् । कांग्रेस जाग्ने बेला आएको भन्दै उनले जनताको माझमा दृष्टिकोण लिएर पुग्नुपर्ने बताए ।

‘हाम्रो मौनता नै हाम्रो लागि ठूलो चुनौती हो । अब वक्तव्य र ट्वीटले मात्र पुग्दैन’ जिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले काठमाडौंमा गरेको लोकतन्त्रको संस्थागत विकासमा देखिएका चुनौतीहरू विषयक विचार गोष्ठीमा सिटौलाले भने, ‘किसानको हालत के छ, श्रमिकको दैनिकी कति फेरिएको छ, जनताको जिविकामा हामी कति बोलेका छौँ ? अब दुई वर्षको मौनता तोडौँ ।’

सरकारले दुई वर्षमा संवैधानिक अंगमाथि हस्तक्षेप गर्दा कांग्रेस आफैँ लाचार बनेको भन्दै उनले कार्यकर्ताहरूलाई सुविधा छाडेर गाउँ पस्न निर्देशन दिए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । तर, संवैधानिक आयोगमाथि हस्तक्षेप मात्रै होइन जताजतै सरकारको हस्तक्षेपको नीति छ,’ सिटौलाले भने, ‘हामीले सबै राजनीतिक परिवर्तनको नेतृत्व गर्‍यौँ । तर, अहिले मुुलुकमा कठिनाइ आउँदा हामी न सडकमा सशक्त भयौँ न संसदमा नै । अब खबरदारी गर्न हामी काठमाडौंको सुविधाको घरमा बसेर मात्र हुँदैन, गाउँगाउँ र घरघरमा पस्नुपर्छ ।

सरकारको हस्तक्षेप बढ्दै गर्दा प्रतिपक्षी नेताका रूपमा सभापति शेरबहादुर देउवाले संसदमा सांसदलाई र सडकमा नेता कार्यकर्तालाई जागरुक बनाउन नसकेको उनको टिप्पणी थियो । ‘नेपाल ट्रष्टको विषयमा ऐन संशोधन भएर समाचार आउँदासम्म हाम्रा सांसदहरूले थाहा पाएनन्,’ सिटौलाले भने, ‘हाम्रो संसदीय दलको नेताले सांसदहरूलाई जागरुक राख्न सक्नुभएन । विधायकबाटबाट भन्दा प्रेसबाट हाम्रो ध्यान खिचिएको छ । यो अवस्थाले पुग्दैन यसरी त सत्ता अन्धो बन्छ ।’

युवा नेता प्रदीप पौडेलले वाइडबडी यति होल्डिङसहितको विषय टुंगो नलाग्दासम्म संसद अवरुद्ध गर्न सक्नुपर्ने बताए । ‘बहुमतले संविधान मिच्ने काम भएको छ । तर, हामीले ओली सरकारको बदमासी जनतामा लान सकेनौँ र उपनिर्वाचनमा नेकपालाई नै जनताले भोट हाले,’ नेता पौडेलले भने, ‘हिजो कालापानी र लिम्पियाधुरा मिचिँदा ओलीविरुद्ध नारा लगाएनौँ, आज उस्तै निस्क्रिय छौँ । वाइडबडी र यतिसहितको विषयको टुंगो नलाग्दासम्म संसद अवरुद्ध गरौँ ।’ कांग्रेस आफ्नै घरझगडामा लिप्त हुँदा सरकारमाथि प्रभावकारी खबरदारी गर्न नसकेको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले कांग्रेसमा खरानी चाहियो भनेर घरै डढाउन खोजिएको टिप्पणी गरे । ‘कम्युनिष्ट सरकारको मनोमानीविरुद्ध एक भएर उभिनुपर्ने बेला छ’ हुमागाईंले भने, ‘तर, खरानी चाहियो भनेर घर डढाएर कहाँ बास बस्ने ?’ कार्यक्रममा भीमसेनदास प्रधान, बलदेव तिमल्सिनासहितका नेताले सरकारको हुकुमी शैलीप्रति पार्टी एक भएर उभिनुपर्ने बताए ।