Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७६ पौष २८ सोमबार ११:३६:००
सप्तरंग

मौलिक बाजाहरूको भव्य प्रस्तुति

२०७६ पौष २८ सोमबार ११:३६:००

नेपालका मौलिक बाजाहरूको उत्थान र जगेर्ना गर्ने उद्देश्यले आइतबार राजधानीमा ‘हाम्रो बाजा हामै्र धुन’ नामक बाद्यवृन्द प्रस्तुत गरिएको छ । शुभकार्य र चाडबाडमा बजाइने मंगलधुनबाट कार्यक्रम सुरु भएको थियो ।

सोरठी, असारे भाका, मैथिली धुन, कौडा भाका, सिंसया हेकु, संगिनी, धिमाल जातिको लोकधुन, साकेला भाका, म्हेन्दोमाया भाका, थकाली जातिको लोकधुन, देउडा धुन, पूर्वेली लोकलय, पञ्चेबाजा, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ र टुङ्नामा ह्याल्मो भाकालगायतको प्रस्तुति गरिएको थियो ।

नरसिंहा, सहनाई, सारंगी, बाँसुरी, कोरस, ताल बादन, टुङ्ना, मुर्चुंगा, पात, चरीबाजालगायत बाजाहरूले परम्परागत संस्कृतिको झल्को दिएका थिए । कार्यक्रममा महिला समूहको नौमती बाजाको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो । ‘महिलाले पनि पुरुषसरह लोकबाजा बजाउन सक्छन् भन्ने विश्वास दिलाउन हामीले नौमती बजाउन थालेका हौँ,’ समूहकी संयोजक जानुका पौडेलले भनिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा भएको कार्यक्रममा सांगीतिक क्षेत्रका हस्ती र संगीतपारखीहरूको उपस्थिति थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको हो ।