Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
२०७६ पौष १६ बुधबार २०:०३:००
समाचार

लमजुङमा नेपाल भ्रमण वर्षको शुभारम्भ घलेगाउँबाट

२०७६ पौष १६ बुधबार २०:०३:००

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ लमजुङमा सार्क राष्ट्रकै नमूना स्मार्ट भिलेजउन्मुख घलेगाउँबाट गरिएको छ ।

भ्रमण वर्षको मर्म र लक्ष्यअनुरूप पर्यटन प्रवद्र्धन गर्ने र गराउने उद्देश्यले जिल्लास्थित सरोकारवालाहरूको सहभागितामा घलेगाउँबाट भ्रमण वर्षको शुभारम्भ गरिएको हो । क्होलासोँथर गाउँपालिका–३ घलेगाउँमा बुधबार नेकपाका गण्डकी प्रदेश सांसद एवं प्रमुख सचेतक मायानाथ अधिकारीले भ्रमण वर्षको शुभारम्भ गरे ।

संवेदनशील र इमान्दार भएर पर्यटन प्रवद्र्धन तथा पर्यटकको स्वागत, सत्कार र आतिथ्यमा लाग्न सरोकारवालालाई आग्रह गर्दै उनले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई सार्थक बनाउन पर्यटन विकासले थप टेवा पुर्‍याउने बताए । ‘पाहुनालाई अग्र्यानिक उत्पादन र रैथाने स्वाद चखाउन सक्नुपर्छ,’ उनले भने, ‘सेवा र आतिथ्यमा गुनासो गर्ने ठाउँ राख्नु हुँदैन ।’

पूर्वसभासद् जमिन्द्रमान घलेले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा पर्यटनका माध्यमबाट महत्वपूर्ण टेवा पुर्‍याउन सकिने लक्ष्यका साथ सरकारले भ्रमण वर्षको कार्यक्रम अघि सारेको बताए । भ्रमण वर्ष कार्यक्रम सफल पार्न प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी संस्था र साझेदार तथा सरोकारवाला सबैको उत्तिकै दायित्व रहेको उनले बताए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले वर्षभरि नै पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गर्नुपर्ने बताए । बेसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले लमजुङ अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारसमेत रहेको भन्दै पर्यटकीय गतिविधिलाई विशेष प्राथमिकता दिइने बताए । घलेगाउँ पर्यटन विकास समितिका उपाध्यक्ष गमबहादुर गुरुङले भ्रमण वर्षको अवसरमा घलेगाउँमा पर्यटकलाई थप आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।