Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ७ बुधबार
  • Wednesday, 23 September, 2020
२०७६ मङ्सिर २२ आइतबार १०:०३:००
मुख्य समाचार

लमजुङको पाउदीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ७  घाइते

२०७६ मङ्सिर २२ आइतबार १०:०३:००

लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।आइतबार विहान करिब ७:४० बजेतिर लमजुङको पाउँदी नजिकको प्रहरी बिट र सिमलको बोटको बिचमा रोकेर राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन । उनको उपचारको लागी सुन्दरबजारको कर्मदा अस्पतालमा लगिएकोमा अस्पताल लैजाने वित्तिकै डाक्टरले मृत घोषित गरेको लमजुङका डिएपी रविन्द्रमान गुरुङले बताए । 

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा  परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको  स्थानिय अस्पताल कर्मदामा उपचार भइरहेको छ । दुई जना सामन्य घाइते भएको प्रहरीले बताएको छ । 

बसमा १० देखि १२ जना यात्रु रहेको प्रहरीको भनाई छ । बसको इञ्जिन सुचारु अवस्थामै राखेर चालक र सह–चालक यात्रु खोज्न गएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले घाइतेको उद्वार गरेका थिए ।