• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

नकरात्माक सोचले देशको विकास हुँदैन्ः मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नकरात्माक सोचले देश विकास नहुने बताएका छन् । कालिकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण पहलका लागि अभियान कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले देश विकासको लागि सबै नागरिक एकजुट हुनुपर्ने बताए । 

‘खुट्टा तान्ने प्रवृतिले देशको विकास हुदैँन् ।’ उनले भने, ‘देश विकासका लागि सबै एक भएर लाग्नुपर्छ ।’ 

कर्णालीमा अहिले पनि बिरामीलाई उपचारका लागि डोको र जहाज कुर्नु पर्ने बाध्यता रहेकोले त्यसको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको उनले बताए । 

अस्पताल बनाउन एक करोड संलकन    
सामुदायिक अस्पताल बनाउनका एक करोड रुपैयाँ संकलन भइसकेको अस्पतालका निर्माणका अभियन्ता डा. मुकुद ढकालले बताए । 

अस्पताल निर्माणको लगि पत्रकार रबि लामिछानेले जिम्मा लिएको बताउँदै उनले बाँकी काम लामिछाने मार्फत हुने बताए । 

डिजिटल अस्पताल बनाउछौं : रवि लामिछाने
रास्कोट सामुदायिक अस्पताललाई अब नमुना डिजिटल अस्पतालको रुपमा विकास गरिने पत्रकार रवि लामिछाने बताएका छन् । उनले अस्पताल बनाउनका लागि पार्टीको झण्डा नबोक्न सबैलाई आग्रह गरे । 

तीन तहका सरकार एक, हामी एक भएर लाग्यौं भने सोचेभन्दा चाडै अस्पताल बन्नेछ, उनले भने । 
 

प्रतिकृया दिनुहोस