मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
अमुल थापा/ दिपेन्द्र ढुंगाना काठमाडौं 
२०७६ मङ्सिर ७ शनिबार १५:३०:००
मल्टिमिडिया

रंगभेद विरुद्ध काठमाडौंमा जनमत पार्टीको सभा [फाेटाेफिचर]

अमुल थापा/ दिपेन्द्र ढुंगाना काठमाडौं 
२०७६ मङ्सिर ७ शनिबार १५:३०:००

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार रंगभेद विरुद्धको एकता दिवस मनाउने क्रममा राजधानी काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने आमसभाको प्रचारप्रसार केही दिन अघिदेखि नै तीब्र बनाएको थियो । 

पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आएका राउत एकता सभा र साँस्कृतिक झाँकी प्रदर्शनमा सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरु रंगभेद विरुद्धको पोस्टर प्रदर्शन र नारा लगाउँदै सभास्थलतर्फ बढेका थिए । मूलधारको राजनीतिमा समाहित भएपछि सो पार्टीले पहिलो पटक राजधानीमा कार्यक्रम गरेको हो ।