Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
२०७६ कार्तिक १ शुक्रबार १५:२१:००
मुख्य समाचार

पार्टीलाई ग्यास्ट्रिक छ, उपचार गराए ठिक हुन्छ नत्र क्यान्सर लागेर सकिन्छ : प्रचण्ड

२०७६ कार्तिक १ शुक्रबार १५:२१:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान र पद्दति नमान्दा पार्टीमा अनुशानहिनता र बुर्जवा अराजकताको खतरा बढेको बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षणको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अनुशासनहिनता र अराजकताको अवस्था हुने हो कि भन्ने चिन्ता व्यक्त गरे । ‘हामी अहिले उपचार गरे निको हुने ग्यास्ट्रिक भएको अवस्थामा छौँ । अझै बिग्रीसकेको छैन,’ प्रचण्डले भने, ‘तर समयमा उपचार भएन भने क्यान्सर हुन्छ । क्यान्सरको अवस्थामा पुगियो भने पार्टी खत्तम हुन्छ ।’

चीनका राष्ट्रपतिको नेपाल भ्रमणअघि आएको चिनीयाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलसँग पार्टी संचालनका विषयमा भएको छलफलको अनुभव पनि प्रचण्डले सुनाए । जनवादी केन्द्रीयतालाई आत्मसाथ गर्दै पार्टीमा आफ्ना कुरा राख्ने तर पार्टीको निष्कर्षलाई आफ्नै निष्कर्ष मानेर जनतामाझ जाने गरेको अनुभव चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले बाँडेका प्रचण्डले बताए ।

‘के त्यो हाम्रो पार्टीमा छ त ? छैन,’ उनले भने, ‘पार्टी भनेको विचारमात्र नभइ विधि, विधान र पद्दति पनि हो तर विधि, विधान र पद्दति नमान्दा हाम्रा छलफल र कामकारबाही अराजक हुने खतरा छ ।’ अनुशासनहिनता, गुट, उपगुटले कम्युनिष्ट पार्टी सक्किने प्रचण्डको भनाइ थियो ।

जनताले चाहेको तीव्र गतिको विकासअनुसार सरकारले काम गर्न नसकेको उनले स्वीकार गरे । ‘चुनावमा जाँदा जनतामा जुन उत्साह थियो त्यसलाई कायम राख्ने, सुदृढ बनाउनेमा हामी कहीँ न कहीँ चुकेका छौँ । त्रुटि भएको छ,’ प्रचण्डले भने, ‘पार्टी एकताको काम पनि लगभग टुङ्गिदै छ । अब जनचाहनाअनुसार विकासलाई तीव्रता दिनुपर्छ ।’