Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २३ बिहीबार १३:३७:००
सप्तरंग

२९ वर्षदेखि फरार रहेका अपराधी सलमान खानको घरबाट पक्राउ

नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २३ बिहीबार १३:३७:००

मुम्बई पुलिसले बुधबार बलिउडका सुपस्टार सलमान खानको घर रेखदेख गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । विगत २० वर्षदेखि खानको घर रेखदेखमा खटिएका शक्तिसिद्धेश्वर राणालाई प्रहरीले पक्राउ गरेको हो । 

सलमान खानको गोराईको घरबाट पक्राउ परेका राणा एक अपराधी रहेको प्रहरीले जनाएको छ । राणामाथि जबरजस्ती चोरी र हमलाको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जमानतमा बाहिर आएका राणा फरार रहेका थिए । प्रहरीले उनको २९ वर्षदेखि खोजी गर्दै आएको थियो । 

६२ वर्षीय वृद्धले सलमान खानको घर रेखदेख गर्दै बसेको खबर मुम्बई पुलिसले पाएपछि प्रहरी अपराध शाखाको टोलीले योजनाबद्ध रुपमा सलमान खानको घरमा छापा मारी उनलाई हिरासतमा लिएको थियो ।

एजेन्सीकाे सहयाेगमा