Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ११ बिहीबार
  • Thursday, 26 November, 2020
ad
२०७६ असोज १३ सोमबार १७:४१:००
समाचार

हिल्सा नाकाबाट चिनियाँ मदिरा बरामद

२०७६ असोज १३ सोमबार १७:४१:००

चीन र नेपालको सीमाना हिल्सा नाकाबाट ३१ कार्टुन चिनियाँ मदिरा 'झिनिगिन्टी' बरामद भएकाे छ । चीनको सेरा गाउँबाट आइतबार सिमा प्रहरीचौकी हिल्साका असई दलबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले मदिरा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार सेरा गाउँबाट लिमीको बाटो हुँदै ल्याइएको मदिरा  प्रहरीले बरामद गरेको हो । व्यपारीले प्रहरी देखेपछि मदिरा छाडेर भागेको उनले बताए । 

भान्सार कार्यालय हिल्सा, नाम्खा गाउँपालिका र प्रहरीको रोहबरमा बरामद गरिएको चिनियाँ मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।