Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज २ शुक्रबार
  • Friday, 18 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ ३० सोमबार १३:५१:००
मुख्य समाचार

विरोधी तत्वको प्रतिवादमा उत्रन पार्टीका युवा तथा विद्यार्थीलाई प्रचण्डको आह्वान

नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ ३० सोमबार १३:५१:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु मुलुकमा सल्बलाई रहेको उल्लेख गर्दै प्रतिवादमा उत्र्न पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गरेका छन् । 

अध्यक्ष दाहालले हजारौं सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम फैल्याउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसप्रति सचेत रहँदै समाजवाद निर्माण गर्ने सपना पूरा गर्ने काममा लागि पर्न सिंगो पार्टी पंक्ति  तथा आम जनसमूदायलाई आग्रह गरे । नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम फैल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठन सकिन्छ कि ? भन्ने दुस्शाहस गरिरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई अपिल गरे । ‘केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम सृजना हुने गरी हत्केलाले सूर्य छेक्न खोजेजस्तो गरी दुस्साहस गरिरहेका छन,’ उनले भने, ‘त्यस्ता संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरुप्रति सचेत रहन र त्यसको प्रतिवादमा उत्रन म युवा र विद्यार्थीहरुलाई विशेष रुपमा आह्वान गर्दछु ।’

अध्यक्ष दाहालले समाजवाद निर्माण गर्ने नेपाली जनताको चाहनामाथि तुषारा हुन नदिने दृढता व्यक्त गरे । त्यस अवसरमा उनले नेता बोगटीलाई निष्ठावान, चरित्रवान नेताको रुपमा चित्रण गर्दै उनले देखाएको बाटोबाटै समाजवाद निर्माणको महाअभियानलाई सफल  बनाउन सकिने विश्वास व्यक्त गरे ।