नेपाल टेलिकमको एफटिटिएच सेवा सूर्यपुराबाट पहिलोपटक सिंगो गाउँपालिकाभर सेवा

२०७६ भदौ २५ बुधबार ०६:२१:००

नेपाल टेलिकमले सिंगो गाउँपालिकालाई समेट्ने गरी रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारबाट एफटिटिएच सेवा सुरु गरेको छ । एफटिटिएच सेवाअन्तर्गत एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रु्रत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ ।

पूर्वमन्त्री तथा संसद्को सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटिटिएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरी सेवाको उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिँदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकाले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे ।

कार्यक्रममा एफटिटिएच खरिद गर्ने ग्राहकलाई राउटर (सिपिई) हस्तान्तरण गर्दै सम्मानसमेत गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिमसमेत वितरण गरिएको टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबिपिएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटिटिएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सिपिई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन् । 

एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले (भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा) प्रदान गर्न सकिने भएकोले ग्राहकहरूका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक पनि छ । पहिले एडिएसएल प्रयोग गरिरहेका ग्राहकले पनि अपग्रेड गरी एफटिटिएच सेवा लिन सक्नेछन् । यो आइपीमा आधारित सेवा हो ।

नेपाल टेलिकमले एफटिटिएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जसअन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबिपिएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ ।

सम्बन्धित समाचार