सन्दिपले पाए अमेरीकाको भिसा 

२०७६ श्रावण २८ मंगलबार १५:१४:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । मंगलबार बिहान अमेरीकी दुतावासले भिसा दिन अस्वीकार गरेको थियो । त्यसको तीन घन्टापछि उनलाई भिसा दिएको हो ।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न जानको लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै नेपालका प्रधानमन्त्रीलाई मेन्सन गर्दै अमेरिकाको भिसा नपाउँदा आफू आश्चर्यमा परेको बताएका थिए । 

भिसा पाएसँगै उनले अमेरिकन एम्बेसीलाई धन्यवाद दिँदै ट्वीट गरेका छन् । साथै उनले प्रधानमन्त्री र परराष्ट्रिमन्त्रीलाई पनि ट्वीटमार्फत धन्यबाद दिएका छन् । 

याे पनि पढ्नुहाेस : सन्दिपलाई अमेरिका प्रवेशमा रोक

सम्बन्धित समाचार