Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
२०७६ श्रावण १० शुक्रबार ०७:५०:००
स्वास्थ्य र जीवनशैली

यस्तो छ ग्यास्ट्रिकबाट बच्ने तरिका

२०७६ श्रावण १० शुक्रबार ०७:५०:००

अस्वस्थ खानपानका कारण अधिकांश मानिस ग्यास्ट्रिकको समस्या पाइन्छ । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोगजस्ता कारणले ग्यास्ट्रिकको समस्या हुने गर्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्नियो वा इन्फ्लामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्छ । अब जानौँ, ग्यास्ट्रिकबाट बच्ने तरिका ।

  •  समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्राइटिसबाट  बच्न सकिन्छ ।
  •  तारेको वा भुटेको खानेकुरा धेरै खाने गर्नाले ग्यास्ट्राइटिस हुने सम्भावना बढी हुन्छ । अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा सकभर नखाने, वा खानैपरे कम गर्नुपर्छ । साधारण खाना खाने गरेमा ग्यास्ट्रिक हुनबाट बचिन्छ । त्यस्तै, फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुने भएकाले यस्ता खानेकुरा सकभर खानुहुँदैन ।  
  •  धूम्रपान, मध्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने र चिकित्सकको सल्लाहबमोजिम मात्र पेनकिलर खाने गर्नाले ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।
  •  दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि ग्यास्ट्राइटिसका कारक हुन सक्छन् । विशेषगरी, पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ । त्यसैले, यस्ता चिज सकेसम्म कम मात्रामा प्रयोगमा ल्याउनुपर्छ ।  
  •  लागुपदार्थ सेवन पनि ग्यास्ट्रिकको कारण हुने भएकाले यसबाट टाढा रहनुपर्छ । अत्यधिक तनाव, पेट र खाद्यनलीको क्यान्सरले ग्यास्ट्रिक हुने गर्छ । तसर्थ, खानपानसँगै समग्र जीवनशैलीमा ध्यान दिन जरुरी छ ।