Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ९ बिहीबार १६:५५:००
मुख्य समाचार

सरकारले काम, कार्वाहीलाई अझै प्रभावकारी बनाउने संकल्प गर्नुपर्छ : प्रचण्ड

नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ९ बिहीबार १६:५५:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम, कार्वाहीलाई अझै प्रभावकारी बनाउने संकल्प गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति सभामा उनले पार्टी संगठन र सरकारको कामकार्वाहीलाई प्रभावकारी बनाएर नेपालमा समाजवादको विकास गरी दुनियाँलाई एउटा नयाँ मोडल दिने संकल्प गर्नुपर्ने बताए । उनले सरकारको कामलाई अझ प्रभावकारी बनाउने प्रयासलाई निरन्तरता दिइएको पनि दावी गरे । 

दुई पार्टीबीच एकता गरेर असाधारण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले त्यसबारे जनतालाई जानकारी गराउन आगामी भदौबाट राष्ट्रिय अभियान संचालन गर्ने घोषणा गरे । त्यसको लागि आवश्यक योजना तय गर्न साउन महिना भित्रै पार्टी केन्द्रिय समिति र स्थायी समिति बैठक बोलाउने अध्यक्ष दाहालको योजना छ । उनले पार्टीको राष्ट्रिय अभियानको क्रममा पार्टीका नीति तथा कार्यक्रम र सरकारको काम कार्वाहीबारे जनतालाई जानकारी गराउने बताए । उनले सामाजिक न्यायसहितको समृद्धिका लागि आफ्नो पार्टीले काम गरिरहेको दावी गरेका छन् ।