मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ४ आइतबार १९:१o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

होटेल सारथिको १५.७८ प्रतिशत लाभांश पारित, प्रिमियममा आइपिओ ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १९:१o:oo

होटेल सारथि लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार धुलिखेलस्थित होटेल सारथिमा सम्पन्न साधारणसभाले गत आवको नाफाबाट कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा १३ प्रतिशत बोनस सेयर र २.७८ प्रतिशत करसहित नगद लाभांश रहेको छ । 

सोही साधारणसभाले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

पारित गरिएका अन्य प्रस्तावमा सञ्चालक समितिसहित लेखा परीक्षकको वार्षिक प्रतिवेदन, कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र संशोधन तथा चालू आवका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रम निर्धारणलगायत छन् । 

कार्यक्रमकको उद्घाटन कम्पनीका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल, कम्पनीसचिव ज्योति दाहाल, सञ्चालकहरू दीलिप शर्मा, शम्भुप्रसाद फुयाँल, कमला मानन्धर, छत्रपति निरौला, सेयरधनी, कर्मचारीलगायको उपस्थिति थियो । 

कार्यकारी अध्यक्ष प्याकुरेलेले छोटो समयमै सेयरधनीलाई राम्रो लाभांश वितरण गर्न सकिएको बताए । सभामा ‘१२ वर्षअघि ५ जना सेयरधनी तथा २५ लाख चुक्ता पुँजीबाट सुरु गरिएको कम्पनी आज ९१ जना सेयरधनीसहित डेढ अर्ब ब्यालेन्स सिट भएको बलियो कम्पनीमा रूपान्तरण भएको छ,’ उनको भनाइ थियो । 

कार्यकारी अध्यक्ष प्याकुरेलले कम्पनीका विभिन्न आरोह -अवरोह सम्झिए । २०७१ मा कम्पनी स्थापना भएलगत्तै गएको महाभूकम्प, कम्पनी सञ्चालनमा आउँदासाथ आएको कोभिड महामारी र त्यसपछि विश्व अर्थतन्त्रले भोगेकाे आर्थिक मन्दी, जेन-जी आन्दोलन र मध्यपूर्वका तनावबिच पनि कम्पनीलाई व्यावसायिक संस्थाका रूपमा उभ्याउन सकिएको जानकारी गराए ।