मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १७:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रधानमन्त्री राहत कोषमा सिद्धार्थ प्रिमियरद्वारा एक करोड एक लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १७:१९:oo

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा हुने गरी कम्पनीकी सञ्चालक हसना शर्माले सो रकमबरावरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

यसअघि २०८१ सालमा आएको वाढीवाट प्रभावितहरुको लागि ५१ लाख रुपैयाँ र जेन्जी आन्दोलनको क्रममा क्षती भएको राष्ट्रिय सम्पदा पुनःनिर्माणको लागि पनि एक करोड १ लाख प्रदान गरेको कम्पनीले जनाएको छ।