मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार

बैंकबाट भन्दै तपाईंहरूलाई यी नम्बरबाट फोन त आएको छैन ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १६:५३:oo

 बैंकको केवाइसी अपडेट गर्ने भन्दै सर्वसाधारणलाई झुक्याएर मोबाइल बैंकिङ ह्याक गरेर ठगी गर्ने समूहले प्रयोग गर्ने मोबाइल नम्बरहरू प्रहरीले सार्वजनिक गरेको छ । साइबर ब्युरोले २८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै बैंकबाट भन्दै ती नम्बरबाट फोन आएको भए उजुरी गर्न भनेको छ। 

केवाइसी अपडेटका नाममा ठगी गर्ने अभय तिवारी, विद्यासागर केवट र कुवेर तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा उनीहरूसँग २८ वटा सिमकार्ड भेटिएको र तिनै नम्बरबाट उनीहरूले आफू बैंकको कर्मचारी भएको भन्दै भ्रममा पारी केवाइसी अपडेट, पासपोर्ट परिवर्तन तथा स्क्रिन सेयरका लागि अनुरोध गरी मोबाइल तथा इन्टरनेट बैंकिङ ह्याक गरी खाताबाट पैसा चोरी गर्दथे।