मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १६:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मातृभूमि लघुवित्तद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १६:५१:oo

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि मातृभूमि लघुवित्तले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। 

राहत तथा उद्वार कार्यका लागि नेपाल सरकार र विभिन्न संघसंस्थाहरूको पहलप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। संस्थाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै पीडित परिवारजनमा समवेदना व्यक्त गरेको छ।

‘यस प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन हुनुभएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र उहाँहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति यस वित्तीय संस्था गहिरो सहानुभूति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।