मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोटेकोशी बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १६:३३:oo

प्रतिनिधिसभाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ। बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको विशेष प्रस्ताव सभाले पारित गरेको हो।

भदौ १० गते बुधबार आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूलीबजार, ढुंगे र देवीघाटसहित धादिङ, चितवन र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको छ। 

प्रतिनिधिसभाले बाढीबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना, दिवंगतहरूको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

सांसदहरूले बाढीका कारण ज्यान गुमाएकाहरूको स्मरणमा एक मिनेट उठेर मौनधारणसमेत गरेका छन्।