Skip This
राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ इ–पासपोर्ट छापियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ इ–पासपोर्ट छापियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार २o:४४:oo

राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ। विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा इ–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।

बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागका अनुसार पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन हुन थालेको हो । यसअघि विभागको दैनिक उत्पादन क्षमता करिब १ हजार ५०० वटा मात्रै थियो ।

विभागले नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी रूपमा इ–पासपोर्ट उपलब्ध गराउने उद्देश्यले सेवा प्रणालीसँगै उत्पादन क्षमता विस्तार गर्दै आएको जनाएको छ ।

बढ्दो मागलाई ध्यानमा राखेर उत्पादन क्षमता अझै वृद्धि गर्ने काम भइरहेको विभागको भनाइ छ । सेवाग्राहीले समयमै राहदानी पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गरी सेवा प्रवाहको क्षमता विस्तार गरिएको विभागले जनाएको छ ।

हाल इ–पासपोर्ट सेवा काठमाडौंमा मात्र सीमित छैन । देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ । विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत पनि इ–पासपोर्ट सेवा लिन सक्ने व्यवस्था छ ।

विभागले राहदानी उत्पादन तथा वितरण प्रणालीमा देखिन सक्ने प्राविधिक समस्या समाधानलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या समाधान गरी आगामी तीन महिनाभित्र प्रणालीलाई थप स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागको भनाइ छ ।