Skip This
नाइमा एक्स्पोलक्षित मुक्तिनाथ विकास बैंकको अटो लोन योजना सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २६ मंगलबार १६:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाइमा एक्स्पोलक्षित मुक्तिनाथ विकास बैंकको अटो लोन योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार १६:२२:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा एक्स्पो २०२६ लाई लक्षित गर्दै ‘अटो लोन योजना’ सार्वजनिक गरेको छ। बैंकले यस योजनाअन्तर्गत बेसरेटमा शून्य प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो।

यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। नाइमा एक्स्पोको अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष योजना भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ।

ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ। बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। नाइमा एक्स्पो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन्।