मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
नयाँ पत्रिका
२०७६ असार २७ शुक्रबार ०८:१६:००
सप्तरंग

सुस्ता पुगेपछि लेखेँ जंगे पिल्लर : किशोर अनुराग

त्यो नाटक

नयाँ पत्रिका
२०७६ असार २७ शुक्रबार ०८:१६:००

कतिपय नाटक अचानक गरिन्छ । मैले ‘जंगे पिल्लर’ नाटक गर्छु भनेर कहिल्यै सोचेको थिइनँ । म ०६६ सालतिर फिल्म निर्देशक उद्धव अभिजितसँग ‘सुस्ता’ गएको थिएँ । म उहाँको साथी भएर केवल घुम्न मात्र निस्किएको हुँ । हामी भारत हुँदै सुस्ता पुगेका थियौँ । बर्खा भएकाले नारायणी नदीको डरले भारतको बाल्मीकि नगर हुँदै सुस्ता पुगेका थियौँ । 

सुस्तामा दुई दिन बसेँ । त्यहाँ पुगेपछि थाहा पाएँ कि माटोको माया कति हुँदोरहेछ । हाम्रा नेपाली दाजुभाइ भारतीय ज्यादती सहेर बसेका रहेछन् । सुस्तावासीको एउटै आवाज थियो, भारतले हाम्रो भूमि मिचिरहेको छ । ‘हामी भारतीय हुन चाहन्नौँ,’ भनेको सुनेँ । यो कुराले मन छोयो । आफूहरूको सिंगै गाउँ भारतले कब्जा गर्न चाहेको दुखेसो सुनाइरहेका सुस्तावासीको पीडा महसुस गरेर नाटक लेखेँ, जंगे पिल्लर ।

०६७ सालको सुरुवातमै राष्ट्रिय नाचघरमा प्रदर्शन गरेँ । दर्शकले निकै रुचाइदिनुभयो । यसपछि मैले जंगे पिल्लरलाई चारपटक प्रदर्शन गरेँ । अहिले पनि सीमा विवादका वेला जंगे पिल्लर उत्तिकै सान्दर्भिक छ ।